बाजुरामा बस दुर्घटना, २४ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः बाजुरामा बस दुर्घटना भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान ७ः२० बजे बसपवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको जानकारी दिए। उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा ३५ जना सवार रहेको एसपी कार्कीले बताए। बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.