जनजाति लक्षित कार्यक्रमअन्तर्गत आलितालमा ४२ किसानलाई बाख्रा वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत जनजाति लक्षित कार्यक्रममार्फत वडा नं. ६ का ४२ जना किसानलाई बाख्रा वितरण गरेको छ।

किसानहरूको आयआर्जन वृद्धि तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत प्रत्येक लाभग्राहीलाई दुई–दुई वटाका दरले बाख्रा वितरण गरिएको हो। कार्यक्रममार्फत वडा नं. ६ को बास्कोटा गाउँका २८ जना तथा एक्लेसल्ला गाउँका १४ जना गरी कुल ४२ जना किसान लाभान्वित भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गाउँपालिकाले ग्रामीण क्षेत्रका किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। बाख्रापालन व्यवसायले कम लगानीमा राम्रो आम्दानी दिन सक्ने भएकाले किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमबारे जानकारी दिँदै भेटेरिनरी शाखा प्रमुख डम्मरराज जोशीले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्ने तथा किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयो। उहाँले आधुनिक र व्यावसायिक बाख्रापालनमार्फत किसानको आयआर्जन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय किसानहरूले गाउँपालिकाको यस कार्यक्रमले पशुपालन व्यवसाय विस्तार गर्न सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले प्राप्त बाख्रालाई व्यवस्थित रूपमा पालनपोषण गरी व्यावसायिक उत्पादनमा जोड दिने प्रतिबद्धता जनाएका छन्।

गाउँपालिकाले आगामी दिनमा पनि कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमुखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, गरिबी न्यूनीकरण तथा स्थानीय आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.