बाजुराको हिमालीमा जिप दुर्घटना, दुईको ज्यान गयो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा जिप दुर्घटनमा घाइते दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १४७८ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अम्मर सिंह बुढाको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura Hospital

दुर्घटनामा चालक २५ वर्षीय जनवीर बुढा र ३१ वर्षीया मिजरा बुढा मध्यम घाइते भएका छन्। यस्तै अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली खटिएको थियो। सबै घाइतेलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.