मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी,भट्टलाई मुख्यमन्त्री हुने बाटो खुल्यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। बैठकमा प्रदेश सरकारको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ।

Dadeldhura Hospital

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार शाहले प्रदेश प्रमुखलाई राजीनामा दिने विषयमा दलसँग परामर्श गर्न बैठक बोलाएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। केन्द्रमा भएको सहमतिअनुसार एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ।

भट्ट नेतृत्वको नयाँ सरकारमा मन्त्री चयन भने चुनौतीपूर्ण देखिएको छ। नेकपा र एमालेभित्र मन्त्री बन्न आकांक्षी धेरै रहेकाले भागबन्डा मिलाउन समस्या देखिएको नेताहरूले बताएका छन्। साथै तत्कालीन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेत सरकारमा व्यवस्थापन गर्नुपर्ने भएकाले मन्त्री चयन थप पेचिलो हुने देखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.