रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौँ : रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन्। बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन आवतजावतमा रोक लगाएको हो।

प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँतर्फ जाने र आउने सबै किसिमका सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ।
नदीमा पानीको बहाव बढ्ने र पहिरोको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा स्थगित गरी आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणमा अपिल गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.