parwat hotel
Citizan

वोडे कामीको प्रलाप:फलाममा पाइन हाल्ने छुट्टै मन्त्र छ

bhageswar small
alital janahit
lali

तिमीले र तिम्रा पुर्खाले
हामीलाई चिन्ने भनेको तल्लो जाती भनेर हो
जसरी दलित भनी परिचय दिइयो
त्यस्तै ब्यवहार पनि
यो समाज निर्माण गर्दा
सबैको बराबरी भुमिका थियो
त्यही भएकाले
जल ,जमिन ,जंङ्गलमा समान हक छ
केही न केही एकताको सुत्रमा बधिएका छौ
तिमीले निर्माण गरेको
होम कुण्ड जत्तिकै पवित्र छ मेरो आरन
कुस्कण्डिका सहित सोह्र संस्कार गरि
अग्नि स्थापित गरिए जस्तै
सोलै संस्कार सहित गोलबोकड बाट
अग्नि स्थापित भइ
खलातको हावाले अनुष्ठान गरिन्छ
फलाममा पाइन हाल्ने छुट्टै मन्त्र छन
जो केवल हामी संग मात्र छन
मन्त्र शक्तिको मापनै गर्ने हो भने
स्वाहा,स्वाधा जत्तिकै
बलशाली मन्त्र पाइन का पनि छन
शत्रु संग समरमा संगै लडेका थिए
तिम्रा र मेरा पुर्खाले यो बस्ती नियन्त्रणमा लिएका थिए
प्रयोग भएका हरेक बन्दुकका नाल
मेरै पुर्खाले जोडेका थिए
हरेक गोलिको सिसा काटेका थिए
लालु पण्डित घाइते हुदा मेरै पुर्खा दलेले
एक अञ्जुली पानीले प्राण जोगाएका थिए
भाइ भाइ भइ बसेका थियौ
माल पहाड एकसाथ थियौ
बर्षौ देखिको एकाता सुत्र कमजोर भएको छ
तिमीलाई थाह होला
तिमीले नै पुज्ने देवता मेरो घरमा छन
देउता त अछुत छैनन नि
हरेक मन्दिरमा चढाइने
घण्ट,त्रिशुल,मेरै आरनमा बन्छन
मैले बनाएको दियो गातमा जगाइन्छ
धुपौरोमा धुप घुमाइन्छ
यि यस्तै सामग्री त अछुत अपवित्र छैनन नि
मेरै पुर्वजले के जघन्य अपराध गरेका रहेछन
मान्छे मान्छेका बिच बिभेदको
यति ठुलो दरार कसरी बन्यो
चिन्दै नचिनेका संग भातृत्वको नाता जोडिदैछ
सयौ वर्ष देखि एक भइ बसेका बिच भिन्नता
कसको के स्वार्थ रहेछ समाज तोडनमा
आर्थिक विभेद अर्थ उपार्जनले
राजनीतिका विभेद राजनीतिमा समावेश गरि
तोडन सकिन्छ तर
सामाजिक विभेद त्यही पनि जरा गाडी बसेको
सितिमिति त टुटने वाला छैन
वर्षौ देखि गडेर बसेको भावना
एकाएक निस्तेज त हुन सदैन
कानुन बनाएर मात्र पनि हुदो रहेन छ
सार्वजनिक मञ्चमा ठुल ठुला कुरा गरेर पनि हुन्न
अधिकारको लडाई लडेर पनि संभव छैन
सम भावनाको बिकास भए सम्भव छ
भाईचारा स्थापित गर्न सके संम्भव छ
मनै देखि हटाउन सके सम्भव छ
केहि त बदलिएको छ
बदलिँदो हाम्रो समाजमा
परिवर्तनको आभास त पाइएको छ
प्रयासै नभएको भने होइन
भारत वर्षमा अम्वेटकर देखि लिएर
नेपाली समाज रुपान्तरणका लागि धेरैले लडेका छन
धनमान सिह परियार,दलजीत कामी
देखि मीन बिश्वकर्मा सम्म
मानबहादुर बिश्वकर्मा देखि
नरभान कामी सम्म अधिकारको लडाइँमा छन
विभेद ठिक हो हुनै पर्छ
कोहि भन्दैनन
कुनै कानुनले पनि विभेद गरेको छैन
सामाजिक परिवेश बिभेदकारी छ
धर्मका नाममा हुने पाखण्डले
वैदिक सनातन धर्मलाई विभेदकारी छ भनी देखायो
पुराणका ब्याख्याता सुतजी कुन वंशका हुन
ब्यास भगवानको जन्म कहाँ भएको हो
भगवान बिश्वकर्मालाई किन अछुत मानिएन
यस्ता धेरै धेरै अहं प्रश्नको
उत्तर खोजिनु जरुरी छ
सामाजिक रुपान्तरणका
मानसिक रुपमै परिवर्तन हुन जरुरी छ
जहाँ सम्म वर्ण र जातको सोपान रहन्छ
उचनिच कहिन कहि रहन्छ
ब्राह्मण ,क्षेत्री,वैश्य बिच पनि
एक आपसमा अछुतै नभए पनि
ठुलो सानो त भनिए कै छ
ब्राह्मण ,क्षेत्री,वैश्य,शुद्र बिच
भएको विभेदमा शुद्रलाई मात्र
अछुत मानेको पाइन्छ
धुर्त मानसायले हैकम चलाउदै गर्दा
दास मानसिकता जन्म भएको पाईन्छ
आफ्ना अनुकुल सबै ब्यवहार चल्ने
सामाजिक मार्यदामा हेयको नजर राख्ने
कानुन बनाएर मात्र पुग्दैन
कामना गरेर पनि हुदैन
सेमिनार ,गोष्ठी गरेर पनि हुने वाला छैन
राज्यका निकायमा आरक्षण दिदैमा पनि हुदैन
विभेदको जरो नै उखेल्नु भने
हामीमा रहेको कृष्ण चेतना त्याग्नु पर्ने छ
अशिक्षा ,गरिबी हटाउनु छ
आमूल परिवर्तनको नया रचना गर्नु छ
भत्काउनु छ विभेदका पर्खालहरु
नया आयाम शुरु गर्नु छ

कैलासकुमार पाण्डेय
परशुराम ,१२ डडेल्धुरा

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.