Citizan

जतिबेला एक रुपैयाँमा मार्सी चामल ३० माना आउंथ्यो,जंग बहादुरको तलब कति थियो होला?

suchana alital
Chure

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरं`कुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्ध`कौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए।

देशका लागि यस्ता कतिपय महत्व|पूर्ण र राम्रा काम पनि जङ्ग`बहादुरले गरे ।श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलबचाहिँ कति थियो त?यस जिज्ञासा समा`धान हुने सामग्री नेपाली आर्थिक इति`हासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पा`दनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब) को विवरण दिइएको छ। यो तलबमान वि.सं. १९१० को हो ।

glam &
dipti
Citizan

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

lali

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/ – जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/ -जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१० – जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/- जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/ – जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/

त्यो तलबको वर्तमान मूल्य – रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९) मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्य`वस्तुको मूल्यदर अनुसार जङ्ग`बहादुरले पाउने गरेको त्यो तलब`मानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्ग`बहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं। अहिले डी`डीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बरा`बर एक कि`लोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।

यस`अनुसार त्यस बेला एक रु`पैयाँमा आ`उने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यस`अनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्ग`बहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/ हुन आउँछ। यसअ`नुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/ थियो। स्रोत – ओल्ड फोटोज अफ नेपाल बाट

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.