आलितालमा पनि आधुनिक प्रबिधिबाट आलुखेति गरिदै

sc mahendra

केहि वर्षसम्म व्यक्तिगत रुपमा आलुखेती गर्दै आएका आलितालका किसानहरुले केहि बर्ष यता देखि व्यवसायिक आलुखेती शुरु गरेका छन । रंगुन ताजा तरकारी कृषक समूहमा आवद्ध भएर करिब १ सय पचास रोपनी क्षेत्रफलमा आलिताल ८ दुवालीखेतका किसानहरुले आलुखेती शुरु गरेको समुहका अध्यक्ष लाल बहादुर डालाले जानकारी दिनु भयो ।

रंगुन ताजा तरकारी कृषक समूहमा आवद्ध भएर आलुखेती शुरु गरिएको उनले जानकारी दिए। उनका अनुसार सो ठाउँमा करिब २०० क्वीन्टल भन्दा बढी आलुको बीउ रोपिएको बताए ।

आलु खेति गर्ने किसानलाई गाउंपालिका,कृषि ज्ञान केन्द्र,आलुसुपरजोनहरुले आलुखेतीको लागि सहयोग समेत गरेको बताए ।

केहि बर्ष यता सुरु गरेको आलुखेतीलाई प्रत्येक बर्ष विस्तार गर्दै लगिएको अध्यक्ष डाला मगरले बताए । पहिले पुरानो परम्परा अनुसार आलुखेती गरिन्थ्यो अहिले बिभिन्न संघ सस्था तथा सरकारको सहयोगमा आधुनिक प्रबिधिबाट आलुखेति गरिएको बताए । उनका अनुसार अहिले आधुनिक मल्चिड प्रबिधिबाट आलुखेतिको सुरुवात समेत गरिएको जानकारी दिए ।

बिरलै रुपमा लगाउने गरिएको आलुखेती पछिल्लो समय यसलाई व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या वृद्धि भएको कृषि शाखा कार्यालयका प्रमुख लक्ष्मण कामीले बताउनुभयो ।
अहिले यहांका किसानलाई बिउमा अनुदान समेत दिन नपरेको प्रमुखले बताए उनका अनुसार यो समुहका किसानलाई आफुहरुले सुरुको बर्षमा मुल बिउ प्रदान गरेको र अहिले तेई बिउ उत्पादन गरेर किसानले आफै बिउ बनाउने कार्य भइरहेको बताए ।

आलुरोग डडुवाबाट बचाउन बिषादि छर्दै किसान
                                                          आलुरोग डडुवाबाट बचाउन बिषादि छर्दै किसान

आलु बहूउपयोगि कन्दमूल अर्थात् तरकारी बाली हो । तरकारीको रुपमा प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलु पोषक र बलवर्द्धक खाध्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।

आलु गोडमेल गर्दै किसान
                                                                          आलु गोडमेल गर्दै किसान

पहाडी क्षेत्रमा तथा भित्री मधेश क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा जनकदेव, डिजिरे,कार्डिनल खुमल सेतो–१, आदि जातहरु छन् ।यस वालीको नेपालमा धेरै महत्वपूर्ण स्थान छ, किनकी तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा यसको प्रयोग तरकारीको रुपमा प्रयोग गरिन्छ भने उच्च महाडी क्षेत्रमा खाद्यान्न र तरकारीका रुपमा प्रयोग गरिन्छ । आलुलाई सस्तो र गरीवहरुको साथीका रुपमा परिचित भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.