Citizan

परशुराम नगरपालिकाको बैशाख मसान्त सम्म ४५.७८ प्रतिशत बजेट खर्च,कुन वडाले कति खर्च गर्यो

नगर प्रमुख कृषि विशेष कार्यक्रमको ३० लाख बजेटको कार्यक्रम अझै सुरु भएन

suchana alital
Chure

परशुराम ःआर्थिक बर्ष २०७९।८० को बजेटमा डडेल्धुराको परशुराम नगरपालिकाले बैशाख मसान्त सम्म ४५.७८ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।

नगरपालिकाको कुल बजेट ७५ करोड ९५ लाख ३४ हजार ६ सय ५४ रुपैयां मध्ये चालु बजेट ५४ करोड ४२ लाख २ हजार थियो भने पुजिगत तर्फ २० करोड ५३ लाख ३२ हजार थियो । नगरपालिकाले बिभिन्न शाखा र वडाहरुलाई बितरण गरेको बजेटमा वडा न १ ले कुल बजेटको २३.३ प्रतिशत मात्र खर्च गरेको छ भने वडा न २ ले कुल बजेटको ३१.४२ प्रतिशत बजेट खर्च गरेको छ । तेस्तै वडा न. ३ ले कुल बजेटको १६.३ प्रतिशत मात्र खर्च गरेको छ । वडा न ले पनि पाएको बजेटको १७.८६ प्रतिशत मात्र खर्च गर्न भ्याएको छ ।

glam &
dipti
Citizan

तेस्तै वडा नं. ५ ले भने प्राप्त गरेको बजेटको ५१.९५ प्रतिशत बजेट खर्च गरिसकेको छ ,यो नगरपालिका भित्रको वडा मध्ये सबैभन्दा बढी खर्च गर्ने वडा हो । तेस्तै वडा न. ६ ले प्राप्त बजेटको ४४.६७ प्रतिशत बजेट खर्च गरेको छ । उता वडा न. ७ ले प्राप्त गरेको कुल बजेटको ३७.७९ प्रतिशत मात्र खर्च गरेको छ तेस्तै वडा न. ८ ले वडाको कुल बजेटको ३५.८६ प्रतिशत खर्च गर्न भ्याएको छ । तेस्तै वडा न. ९ ले प्राप्त कुल बजेटको ३६.४५ प्रतिशत बजेट खर्च गरिसकेको छ ,। तेस्तै वडा न. १० ले प्राप्त बजेटको ४९.४६ प्रतिशत बजेट खर्च गरेको छ । उता वडा न. ११ ले प्राप्त गरेको कुल बजेटको १६.२७ प्रतिशत मात्र खर्च गरेको छ ,यो नगरपालिका भरी वडा मध्येको कम खर्च हो ।तेस्तै वडा न. १२ ले वडाको कुल बजेटको ४३.५७ प्रतिशत खर्च गर्न भ्याएको छ ।

lali


शाखाको अबस्था कस्तो छ ः
पालिका भित्र रहेको पशुपक्षि बिकास शाखाले कुल बजेटको ६९.८९ प्रतिशत बजेट खर्च गरेको छ । शिक्षाले २०.६८ प्रतिशत मात्र खर्च गरेको तथ्यांकमा उल्लेख छ । तेस्तै कृषि बिकास शाखाले भने कुल प्राप्त बजेटको ६५.७६ प्रतिशत मात्र खर्च गर्न भ्याएको छ । तेस्तै महिला बिकास शाखाले १३.७७ प्रतिशत बजेट मात्र खर्च गरेको छ । तेस्तै बहु क्षेत्रीय पोषण योजनालाई छुट्याइएको ५ लाख मध्ये १ लाख ५५ हजार मात्र खर्च भएको छ । तेस्तै नगरपालिकामा रहेको जोगबुडा अस्पतालाई छुट्याइएको १२ लाख बजेट मध्ये ९ लाख २९ हजार खर्च गरिसकेको छ । तेस्तै नगरपालिकाले छुट्याएको नगर प्रमुख कृषि विशेष कार्यक्रमको ३० लाख बजेटको भने १ प्रतिशत पनि खर्च गर्न सकेको छैन । नगरपालिकाले भने आफनो बजेटको ४०.६१ प्रतिशत खर्च भईसकेको तथ्यांकमा उल्लेख छ । आर्थिक बर्ष सकिन अब २ महिना मात्र बाकी रहदा नगरपालिकाले कुल बजेटको ४५.७८ प्रतिशत बजेट मात्र खर्च गर्न भ्याएको छ

नगरपालिकाले उपलब्ध गराएको प्रगति विवरण

 

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.