स्वतन्त्र उम्मेदवारी अभियान : १९९८ जनाले गरे उम्मेदवारी घोषणा,कसरी गर्छन काम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अबको स्थानीय सरकार, ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार’ को मुख्य नारासहित स्वतन्त्र उम्मेदवारी अभियान घोषणा गरिएको छ । जसअनुसार स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म १९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।

जसअन्तर्गत प्रदेश–१ मा ३४७ जना, मधेश प्रदेशमा ३०९, बागमती प्रदेशमा ३६४ जना छन् । त्यसैगरी, गण्डकी प्रदेशमा २८६ जनाले उम्मेदवारी घोषणा गरेका छन् भने लुम्बिनीमा २६५, कर्णालीमा १८८ र सुदूरपश्चिम प्रदेशमा २३९ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यो अभियानमार्फत देशभरबाट हालसम्म कुल ४६५७ जनाले उम्मेदवारी हुने इच्छासहितको फारम भरेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्वतन्त्र उम्मेदवारी अभियानको मुख्य उद्देश्य स्थानीय तह दलीय राजनीतिमुक्त हुनुपर्छ भन्ने रहेको बिहीबार पत्रकार सम्मेलनपछि आयोजित जारी विज्ञप्तिमा उल्लेख छ । यो अभियान कुनै एक दल वा समूह नभई देशभरबाट स्वतन्त्र रूपमा स्थानीय तहको उम्मेदवार बन्न चाहनेको साझा थलो भएको दाबी गरिएको छ ।

Dadeldhura Hospital

स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिन तयार भएका स्वच्छ छवि, नैतिक र इमान्दार जो कोही पनि यो अभियानमा जोडिन सक्नेछन् । स्थानीय तह भ्रष्टाचारमुक्त हुनुपर्ने, जनताका दैनन्दिन आवश्यकता पूरा गर्नुपर्ने, विकासका एजेण्डालाई प्राथमिकता दिनुपर्ने र घरदैलोको सरकार हरक्षण जनताकै सेवामा समर्पित हुनुपर्ने यो अभियानको उद्देश्य हो । त्यसको लागि स्थानीय सरकार दलभन्दा माथि उठ्नुपर्ने आवश्यकता रहेको अभियानको ठहर छ ।

अभियानले कसरी काम गर्छ ?

अभियानले तीन तहमार्फत आफ्नो अजेण्डा जनतासमक्ष लैजाने छ । पहिलो तहमा मेन्टर वा सल्लाहकार रहनेछन् । यसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञ रहनेछन् ।

दोस्रो तहमा कार्यकारी समिति रहनेछ । यसले उम्मेदवारी र अन्य आवश्यक संयन्त्र जस्तै– संघसंस्था, सञ्चार माध्यमबीचको पुल बनेर व्यवस्थापनको काम गर्नेछ । तेस्रो तहमा कर्मचारी र स्वयम्सेवकहरू रहनेछन् । यो तहमा रहनेले विभिन्न तहसँग सम्पर्क, समन्वय गर्ने, कामको डिजाइन र कार्यान्वयनमा लैजान सघाउने छ । स्रोत लोकपथ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.