Citizan

सरकारले सुनेन आलिताल ६ र ७ का बाढी पहिरो पिडितका पिडा,आएन कुनै राहतका कार्यक्रम

suchana alital
Chure

डडेल्धुराः

यस आर्थिक बर्षको बार्षिक निति तथा कार्यक्रममा सुदुरपश्चिम सरकारले डडेल्धुराको आलिताल गाउँपालिका वडा न. ६ र ७ मा कुनै बजेट व्यवस्था नआउने भए पछि तेहांका बाढी पिडित चिन्तित बनेका छन् ।।
केहि दिन अगाडी मात्र आलिताल गाउँपालिका ६ र ७ का बाढी पहिरोपीडितले आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै आलिताल गाउँपालिका कार्यालय भीमदत्तपुरमा धर्ना दिएका थिए।

glam &
dipti
Citizan

आलिताल ६ र ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा, खिन्नेभाडी, कोइराले, खुर्सानीझाला, डाइनी, भालुखोला, बान्नेगडा कालीचिउरा, शेरी, गौजना र अस्लाडीलगायतका बस्ती २०७७ साउन १९ देखि २१ गतेसम्म परेको अबिरल वर्षाका कारण लगभग २५० घरधुरी, महादेव मावि भवन र १३ हजार रोपनी खेतीयोग्य जमिन उच्च जोखिम रहेको छ।

टोलबस्तीहरू अति जोखिम रहेको हुँदा तत्काल संरक्षण गर्न नसके यसपालिका वर्षायामको समय थप क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले समस्याको समाधानको लागि बाढी पहिरोपीडितहरुले बेला बेला आन्दोलन गरिरहन्छन् । उक्त क्षेत्रमा प्रदेश सरकारका तत्कालीन मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, भूगर्भविद्को टोलीले स्थलगत निरीक्षण गरेको थियो।

lali

‘एक बाढी पहिरो पिडित दीपकबहादुर बोहराका अनुसार त्यतिबेला उहाँहरूले पीडितहरूको समस्या चाँडै सामाधान गरी सुरक्षित बासस्थानको व्यवस्थापन गरिने आश्वासन दिनुभएको थियो। तर, ३ वर्ष बितिसक्दा पनि हामी पीडितहरूको समस्या उस्तै रहेको बताए ।
आफुहरुले राज्यसँग पटकपटक समस्या दर्साउँदै आएता पनि आफूहरूप्रति राज्यको कुनै पनि निकायको वा सरकारको ध्यान आकर्षण नभएको र पीडितहरूको समस्या सामाधानका लागि कुनै पहल नभएको प्रति दुख व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष शेर सिं पार्कीले बाढीपहिरोपीडितका समस्या आफूले पटक–पटक प्रदेश सरकार र डडेल्धुराबाट निर्वाचि सांसदहरूसम्म पुर्‍याएको भएता पनि समस्या समाधान गर्न प्रदेश सरकारले वास्ता नगरेको गुनासो गरे । उनले भने पालिकाले सक्ने सहयोग गर्दै आईरहेको छ । बस्ती व्यवस्थापन नै गरेर समस्याको समाधान गर्नु पर्ने भएकोले यो काम प्रदेस तथा संघिय सरकारबाट नै गरिनु पर्ने बताए । सुदुर पश्चिम सरकारको बार्षिक निति तथा कार्यक्रमको ११० बुदामा बाढी तथा पहरोबाट जोखिम युक्त बस्ति,सार्बजनिक जमिन,तथा खेतियोग्य जमिन संरक्षण गर्न जल उत्पन्न प्रको नियन्त्रण कार्यक्रमलाई संचालन गरिने कुरा उल्लेख गरेता पनि वडा न. ६ र ७ को कुनै ठाउं भने उल्लेख गरेको छैन ।

भोली ४ बजे सुदूरपश्चिमको बजेट आउदै भएता पनि उक्त क्षेत्रमा बजेट आउने न्युन सम्भावना भएको एक नेताले बताए ।

सुदूरपश्चिम सरकारको यस्तो छ वार्षिक नीति तथा कार्यक्रम पूर्णपाठ :

वार्षिक-नीति-तथा-कार्यक्रम_

 

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.