parwat hotel
Citizan

सुदूरपश्चिम सरकार ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट

bhageswar small
alital janahit

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख २६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार,  पुँजीगत तर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रुपैयाँ, अन्तरसरकारी वित्त हस्तान्तरणः २ अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तीय व्यवस्थापन तर्फ ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

lali
glam &
Citizan

प्रदेश सरकारले कुल विनियोजित बजेट मध्ये चालु तर्फ ३२.७९ प्रतिशत, पुँजीगत तर्फ ५८.१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरण तर्फ ८.०२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १.०३ प्रति रकम समावेश गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १ अर्ब ५० करोड
केन्द्र सरकारको राजश्व बाँडफाँटबाट ९ अर्ब ४१ करोड १७ लाख संघीय रोयल्टी बाँडफाँटः ६ करोड ५६ लाख ८ हजार वित्तिय समानीकरणबाट ८ अर्ब ५२ करोड ३ लाख चालु आ.ब बाट बचत हुने ३ अर्ब ८६ करोड
शर्शत अनुदानबाट ४ अर्ब ५१ करोड संघीय समपूरक अनुदानबाट ७७ करोड विशेष अनुदानबाट ६२ करोड अनुमान गरेको छ

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.