Citizan

ओझेलमा परेको मेरो आलिताल

मुलभुत तथ्यमा पसेर प्रचार प्रसार गर्न नसक्दा तालको अस्तित्व ओझेलमा

suchana alital
Chure

भक्त गाहा मगर 
सावन ६ आलितालमा पर्यटकलाई आकर्षण गर्न सक्ने कयौं स्थल छन् । तर, उचित प्रचार प्रसारको अभावमा ती पर्यटकिय स्थल ओझेलमा छन् ।
डडेल्धुराको भित्री मधेशमा पर्ने आलिताल पनि पर्याप्त प्रचार नहुँदा ओझलमा परेको छ । पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु बन्न सक्ने सम्भावना बोकेको यो ताल समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा छ । यो डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका अवस्थित छ । जुन आलितालकै नामबाट पालिकाको नामाकरण समेत गरिएको छ । आठ वटा वडा रहेको यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो गाउँपालिका पर्यटनका हिसाबले उत्तम मानिन्छ। यसको लाभ भने लिन सकिएको छैन। पर्यटकिय दृष्टिले प्रचुर सम्भावना बोकेको आलिताल भने ओझेलमा परेको जस्तो देखिन्छ ।
प्रकृतिमा सहज रूपमा पाइने मानिसबाट नबनाइएका वस्तु प्राकृतिक सम्पदा हुन् । यो देशको भूगोलमा प्रकृतिबाट जेजस्ता वस्तुहरू निःशुल्क रूपमा हामीले प्राप्त गरेका छौं तिनलाई प्राकृतिक सम्पदा नै हुन् । अझ स्पष्ट शब्दमा भन्दा नेपालमा पाइने हिमाल, पहाड, तराई, तारामण्डल, नदीनाला, तालतलैया, उपत्यका, झरना, जल, वायु, खनिज पदार्थ, जीवजन्तु, वनस्पति नै हाम्रा प्राकृतिक सम्पदा हुन् । यी प्राकृतिक सम्पदा नेपालको अक्षय भण्डार हुन्। यी प्राकृतिक सम्पदाबाट मानिसले एकातिर भरपुर मनोरञ्जन प्राप्त गरेका छन् भने अर्कोतिर मानिसको मिहिनेत, पौरख, बुद्धि क्षमता यसमा पोखिंदा यिनैबाट मानिसले जीवनमा प्राण धान्न, विदेशी मुद्रा आर्जन गरी अर्थोपार्जन गर्न सक्षम बनेका छन् । यसरी प्राकृतिक सम्पदा मानिसलाई सुखको वर्षा गराउने सम्पत्तिको रूपमा रहेको हुन्छ। तर ति सम्पदा मध्येको हाम्रो आलिताललाई भने अझै यो देशले चिनेको छैन ।
रमणिय र सुन्दर देखिने यो तालमा अहिले सामान्य फुटपाथ,आरामघर,पिकनिक स्पोर्ट,भिउटावर जस्ता संरचना त बनेका छन् तर पर्यटकको चाहाना अनुसार भने केहि पनि बनेको देखिदैन । यो ताल पर्यटकिय स्थल मात्र नभई धार्मीक स्थलले पनि स्थानियले चिन्ने र मान्ने गरेका छन् । तालको पुर्वमा बराहको थान छ भने पश्चिममा भगवतिको मन्दिरको पुजा गरिन्छ । तर तेहां पुग्ने पर्यटकले भने यि मन्दिर तथा धार्मीक स्थलको विषयमा जानकार नै हुदैन् ।

आज सम्म तालमा पर्यटकहरु अवलोकन भ्रमण मात्र गरेर फर्केको हामीले देखेका छौं । तालमा पुग्दा गरिने पु्रानो चालचलनलाई प्रचार प्रसार गर्न नसक्दा ताल एउटा रमणीय स्थल मात्र बनेको देखिन्छ । तालमा पुगेर र रमाइलो गर्ने र फोटो खिचेर फर्किने चालचलन बढेको देखिन्छ ।

glam &
dipti
Citizan
lali

पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइयो आव २०७४/०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन गरिएकाको करीब रु १२ लाख बराबरको बजेटमा पाँचवटा डुंगा खरीद गरी आलिताल पु¥याइएको थियो अहिले ति डुंडाले पनि आराम गरिरहेका छन् ।

६ महिना मोटर चढेर पुग्न सकिने तालमा ६ महिना बाटो बन्द हुदा सुनसान नै हुन्छ । बर्षायाम लागेपछि अहिले तालमा सुनसान नै छ । ताललाई जोड्ने रंगुन खोलामा पुल नहुदा यो समस्या आउने गरेको छ । चुनावी नाराको रुपमा चर्चामा आउने यो पुल कहिले बन्छ तेसको ठेगान छैन ।

आलिताललाई चिनाउने भन्दै महा महोत्सव लगाउने जनप्रतिनिधिहरुले पनि आलिताललाई पर्यटकले कसरी चिने भन्ने बुझाई समेत राखेका छन् कि छैनन् । पांच पटक यो देशको प्रधानमन्त्री बनेका नेपाली कांगे्रस सभापति शेर बहादुर देउबा आलिताल परिसरमा पुगेका छन् कि छैनन् मलाई थाहा छैन तर पूर्व सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई निकै तामझामका साथ बाटो बनाएर आलिताल परिसरमा पुर्याइको मलाई अझै स्मरण छ । पांच बर्ष अगाडी चैत्रको महिनामा तामझामका साथ आलिताल परिसरका पुर्याएका मुख्यमन्त्रीलाई यहांका जनप्रतिनिधिले रंगुनमा आउने असारको भेलको बारेमा भने कि भनेनन् होला । कि भनेर पनि याहांका जनप्रतिनिधिलाई मुख्य मन्त्रीले टेडो पुच्छर लाएनन् ।

यसपालिको चुनावमा पनि ठुलै स्वरमा कराएर घुम्तीको रंगुन नदिमा मोटरेवल पुल बनाइदिन्छु भन्दै चुनाव जितेको पनि एक बर्ष भइसक्यो यो बर्षमा पनि बजेट चिल्लै छ । वास्तवमा आलिताल आफैमा ओझेल परेको होइन यसलाई यहांकै जान्ने मान्ने हरुले ओझलमा पार्दै छन् जस्तो लाग्छ । एउटा सानो उदाहरण ,म सानो छदा यसै आलितालकै वरीपरि हुर्केको थाहा छ । ताल परिसरमा पुग्दा फुलपाती समातेर पुजा गर्ने गर्दथ्यौं । दुई हात जोडेर केहि मौन हुन्थ्यौं मौन मस्तिष्खले केहि तालको अस्तित्व सम्झन्थ्यो । ठुलो स्वरले कराउन समेत हुदैनथ्यो भनेर सिकाइन्थ्यो । तर आज यै ज्यान आलितालमा पुग्दा रमाइलो मात्र महसुस गर्छ अरु केहि मस्तिष्खमा आउदैन । यस्तो कसरी भयो । बिकासको नाममा तालको अस्तित्व मेटिन लागेको त छैन ? कहि कतै तालको विषयमा गलत प्रचार त गरिरहेका छैनौं ? सबैले सोच्नु पर्ने बेला आएको छ, यस आलितालको मुलभुत तथ्यमा पसेर यसको प्रचार प्रसार गर्न सके जुनसुकै महिनामा पनि ताल परिसरमा मान्छेको मेला लाग्ने बनाउन सकिन्छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.