parwat hotel
Citizan

लम्पीस्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ?चिकित्सकको सुझाव यस्तो छ!

bhageswar small
Chure

काठमाडौं- पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्। तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ।

पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दुध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ। तर लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दुध उमालेर खान सकिने बताए। उनले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिए। उनले आजसम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताए।

glam &
Citizan

कबmथबप ष्लकष्मभ कmबिि
लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चौंरीमा देखिने गरेको छ। डा ढकालले भेडा,बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताए। यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दुध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ। यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ। डा। ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रुपमा फैलिएको जानकारी दिए। २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ। कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ।

डा। ढकालले भने, ‘लम्पी स्किन रोग जुनोटीक रोग होइन। यो पशुबाट मान्छेमा सर्ने रोग होइन। कतै पशुबाट मान्छेमा पनि सर्ने रोग हो की भन्ने प्रश्न पनि उठिरहेको छ। मान्छेलाई रोग लाग्छ की लाग्दैन भन्ने जिज्ञासा आउन सक्छ। आजसम्मको कुनैपनि अध्ययनले यो रोग मान्छेमा सरेको छैन नै भन्छ। यो पशुकै रोग हो। र, अन्य प्रजातीका पशुहरुमा पनि लागेको देखिएको छैन। भेडा,बाख्रामा पनि लम्पी स्किन रोग लागेको तथ्यांक छैन। यो रोग लागेको पशुको दुध उमालेर खान सकिन्छ। तर, उमाल्ने सन्दर्भमा कुनै स्वस्थ पशुको दुधपनि उमालेर खानुपर्छ। बिरामी पशुको उपचारमा एन्टीबायोटिकको प्रयोग भएको हुनसक्छ। यदी एन्टीबायोटिक प्रयोग गरिराखिएको छ भने त्यो एन्टीबायोटिक कुन एन्टीबायोटिक प्रयोगमा आएको हो, त्यसको निश्चित समयपछि खानु उपयुक्त हुन्छ। ढुक्कसँग दुध उमालेर खान सकिन्छ। यो संक्रमण देखिएको बेला पशुको उपचारमा प्रयोग भएका औषधिमा भने ख्याल गर्नुपर्ने हुन्छ। लम्पी स्किन रोग विशेषगरी गाई, भैंसी र चौँरीमा देखिने गरेको छ।’

lali

डा ढकालले लम्पी स्किन एक किसिको भाइरसले लाग्ने संक्रामक रोग भएको बताए। उनले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा संक्रमण गर्ने बताए। यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ। अहिले लम्पी स्किन भाइरसबिरुद्धको खोप स्थानीय पालीकामा उपलब्ध रहेको डा। ढकालले बताए। संक्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै उनले एउटा पशुले गर्दा हजारौं पशुहरु संक्रमित हुनसक्ने बताए।

महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भुमिका उल्लेखनीय रहने बताए। बिरामी पशुलाई चरनमा लैजान नहुने उनको सुझाव छ। जैविक सुरक्षाको पालना गर्नुपर्ने भन्दै उनले पछिल्लो समय संक्रमित पशुहरुको संख्या भन्दा संक्रमणमुक्त पशुहरुको संख्या बढ्दै गएको जानकारी दिए। देशभर एक करोड २६ लाखको हाराहारीमा गाई, भैँसी रहेको विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। डा ढकालले सरकारले लम्पी स्किन रोगको सर्भिलेन्स गरिरहेको पनि बताए। यो रोग मौसमसँग पनि जोडिएको छ। वर्षायाममा किराहरुको प्रकोप बढी हुने, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जाने चिकित्सकहरु बताउँछन्।

डा ढकालले भने, ‘अहिले खोप उपलब्ध छ। नेपालमा आफैँ खोप उत्पादन गर्न नसकेपनि निजी क्षेत्रबाट खोपको आपूर्ति भएको छ। अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको अवस्था पनि छ। संक्रमित पशुलाई खोप लगाउनु भन्दापनि उपचार गर्नु राम्रो मानिन्छ। रोग निको भइसकेपछि वा रोग लाग्नुभन्दा केही हप्ता अगाडी खोप लगाउनुपर्ने हुन्छ। खोप लगाइसकेपछि त्यसले शरीरमा प्रतिरोधी क्षमता विकास गर्नलाई पनि केही निश्चित समय लाग्छ। रोग फैलिरहेको बेला खोप लगायो भने खोपकै कारणले पशुको मृत्यु हुने हुनाले संक्रमित क्षेत्रमा उपचार गर्ने र जोखिम पशुहरुलाई खोप लगाउने काम अघि बढेको छ। यो रोग मौसमसँग पनि जोडिएको छ।ु

उनले थपे( ुवर्षायाममा किराहरुको प्रकोप बढी हुन्छ, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जान्छ। अहिलेको तथ्यांकले पनि के भन्छ भने संक्रमित पशुहरुको संख्या भन्दा संक्रमणमुक्त पशुहरुको संख्या बढ्दैछ। यसले पनि संक्रमणदर नियन्त्रण हुन्छ भन्ने संकेत गर्छ। तर, अर्को संक्रमणको लागि पूर्वतयारी गर्नुपर्ने हुन्छ। अर्को समयमा ठूलो संख्यालाई बचाउनका लागि खोपको सहज आपूर्ति गराउने विषयमा पनि विभिन्न सरोकारवालाहरुसँग छलफल भइरहेको छ। सबै पशु संक्रमित भएको अवस्था पनि छैन। केही क्षेत्रमा लम्की स्किन नपुगेको अवस्थापनि छ। हामी कहाँ १० लाख पशुमात्रै संक्रमित भएको अवस्था छ।

स्वास्थ्य खबर अनलाइनबाट

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.