दार्चुलाका एक वडा सचिव मृत अवस्थामा फेला

sc mahendra

दार्चुलाः दार्चुलाका एक वडा सचिव मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी बैतडीमा मृत अवस्थामा फेला परेका हुन्। २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत फेला परेको प्रहरीले जनाएको छ।

आइतबार बिहान तालिमका लागि मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव आज सडकबाट दुई सय मिटर र मोटरसाइकल एक सय ५० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.