बझाङमा सिदुरे रोगले गहुँ बालि सखाप,कृषि विज्ञको टोली पुग्यो किसानको बारीमा

bhageswar small

रमेश बहादुर सिंह बझाङ।
यस बर्ष हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ उत्पादन घट्ने चिन्तामा रहेका किसानको गहुँ बालीमा पहेलो सिन्दुरे रोग देखा परेको छ ।
बझाङको जयपृथ्वी नगरपालिका–३ डुगि र वडा नं ८ कचालि खोलामा र जिल्लाको बिभिन्न गाउँपालिकाका किसानको ५ सय रोपनीभन्दा बढी जमिनमा लगाइएको गहुँ बालीमा सिन्दुरे रोग देखापरेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।


कार्यालय प्रमुख बिष्टका अनुसार “अहिले किसानले लगाएको गहुँ बालीमा सिन्दुरे रोग देखापरेको छ । हामीले गहुँमा रोग लागेको विषयमा जानकारी पाउने बित्तिकै प्राविधिक बसिस्ट आर्चाय सहितको टोलि किसान को खेतबारीमा नै पुगेर रोग नियन्त्रणकोको लागि किसानलाई सुझाव सल्लाह दिएका थिए।
“रोग लाग्नेबित्तिकै थाहा पाएमा सामान्य किसिमको विषादीको प्रयोग गरेर रोग नियन्त्रणमा ल्याउन सकिन्थ्यो, तर गहुँमा रोग लागेको लामो समयपछि थाहा भएमा भने नियन्त्रणमा लिन गाह्रो हुन्छ” उहाँले भन्नुभयो ।
यो वर्ष हिउँदमा पर्याप्त पानी नपरेका कारण गहुँ उत्पादन घट्ने अनुमान गरिएको छ । केही दिनअघि पानी पर्दा गहुँबाली सप्रिने आसमा रहेका किसानलाई पछिल्लो पटक देखा परेको रोगले निराश बनाएको छ ।
‘केही दिनअघि लामो समयपछि वर्षा हुँदा अलिकति भए पनि गहुँ उत्पादन बढ्छकि भन्ने आशा जागेको थियो । लगातारको वर्षा पश्चात् छ झन् गहुँमा सिन्दुरे रोग पो देखा पर्‍यो’ सिन्दुरे रोगका कारण गहुँ बाली सखाप हुँदै गएको दुखेसो पोख्दै जयपृथ्वी नगरपालिका –८ कि कलु देबि उपाध्यले भन्नुभयो, “पानी पर्नुभन्दा पहिले गहुँमा हामीले यस्तो रोग खासै देखेका थिएनौँ । दुईचार दिनको लगातारको वर्षाले वरिपरिका सबै खेतमा सिन्दुरे रोग फैलिएको देखियो ।”
डुड्गि र कचालि खोलामा राम्रो अन्न उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ । सो क्षेत्रमा यस वर्षको हिउँदमा परेको खडेरी र हालै देखा परेको सिन्दुरे रोगका कारण गहुँ बाली नष्ट हुँदै गएको छ । कृषि ज्ञान केन्द्र बझाङ र जयपृथ्वी नगरपालिका कृषि शाखाका प्राविधिकसहित टोलीले र कृषि बिज्ञ भसिस्ट आर्चाय सहितको टोलि गएर गहुँ बाली लगाइएको क्षेत्रको अनुगमन पश्चात् गहुँमा सिन्दुरे रोग फैलिएको यकिन भएको बताइएको छ ।
रोग लागेको गहुँको बोट काम नलाग्ने गरी पहेँलो भएर सुक्ने गरेको छ । कृषि ज्ञान केन्द्र बझाङको सल्लाहअनुसार सिन्दुरे रोगको उपचार भइरहेको भए पनि नियन्त्रणमा आउन सकिएको छैन । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टका अनुसार पहेँलो सिन्दुरे रोग लागेको गहुँ बालीको पातमा सिन्दुरजस्तै देखिँदै जाने र रोग बढ्दै जाँदा गहुँको डाँठमा रोग देखा परिसकेपछि गहुँको बोट सुक्छ ।
सिन्दुरे रोग रोकथामका लागि बिउँको उपचार गरेर लगाउन पर्ने सल्लाह प्राविधिकको रहेको छ । बझाङमा ११ हजार सय हेक्टर जमिनमा गहुँ खेती गरिँदैआएको छ । डोटीमा गत वर्ष २२ हजार मेट्रिक टन गहुँ उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ

ajayameru small
You might also like
Leave A Reply

Your email address will not be published.