डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी:आलितालको ६ वटा फछर्यौट हुन बांकि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराका सात स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी परेका छन्। चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियार कार्यालयमा ३५ उजुरी दर्ता भएको आयोग कञ्चनपुरका सूचना अधिकारी एवं शाखा अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। सूचना अधिकारी बस्नेतले शुक्रबार डडेल्धुरामा आयोजित ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रद्धर्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक जिल्लास्तरीय अन्तक्रियामा सो तथ्यांक प्रस्तुत गरेका हुन्। उनका अनुसार गत आर्थिक वर्षबाट सरि आएका २४ र चालु आवमा दर्ता भएका ११ गरी जम्मा ३५ उजुरी परेका हुन्।

Dadeldhura Hospital

जसमध्ये चालु आर्थिक वर्षमा १२ वटा उजुरी फछर्यौट भइसकेको र २३ उजुरी फछर्यौट हुन बाँकी रहेको सूचना अधिकारी बस्नेतले बताए। तीमध्ये सबैभन्दा बढी आलिताल गाउँपालिकाका ६, अजयमेरुका ५, परशुराम, अमरगढी नगरपालिकाका र नवदुर्गा गाउँपालिकाका ३–३ तथा गन्यापधुरा गाउँपालिकाका २ र भागेश्वर गाउँपालिकाका १ उजुरी फछर्यौट हुन बाँकी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार जनप्रतिनिधि आएपछि स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै उजुरी पर्ने क्रम बढिरहेको छ। आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार, विकास निर्माणमा मापदण्ड विपरीत काम, कामै नभइ भुक्तानी दिएकोलगायतका जस्ता उजुरी परेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अन्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति नै प्रश्न उठाएका थिए। अख्तियारले स–साना भ्रष्टाचारका उजुरीहरू मात्रै हेर्न तर ठूला भ्रष्टाचारका उजुरीमा नजर नै नलगाउने नेपाल पत्रकार महासंघका सुदूरपश्चिम समितिका कोषाध्यक्ष राम धामीले आरोप लगाए। पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले पनि अख्तियारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले अख्तियार पनि राजनीतिक संरक्षणमा काम गर्ने गरेको आरोप लगाए। अध्यक्ष सिंहले भ्रष्टार नियन्त्रण तथा न्यूनीकरण गर्नमा मिडिया क्षेत्र सधैं अख्तियारलाई सहयोग गर्न तयार रहेको बताए।

पत्रकार महासंघ डडेल्धुरा शाखाका पूर्वअध्यक्ष मानबहादुर साउँदले स्थानीय तहमा तीव्र रूपमा भ्रष्टाचार मौलाएको तर आयोगले एक्सन लिन नसकेको औंल्याए। उनले अख्तियारले सुस्त गतिमा काम गरिरहेको पनि बताए। स्थानीय तहमा भष्टाचार मौलाएकाले त्यसको नियन्त्रणमा अख्तियार चनाखो भएर लाग्नुपर्नेमा उनको जोड थियो। अख्तियार कञ्चनपुरका प्रमुख रामबहादुर कुरूम्वाङले भने भ्रष्टाचार नियन्त्रणमा आयोग लागिपरेको दाबी गरे। उनले परेका उजुरीमाथि आयोगले गहन अनुसन्धान जारी राखेको पनि जानकारी दिए। सबै क्षेत्रको सहयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.