Citizan

तारागाउं बिकास समितिको कार्यक्रम आलितालमा पनि,होम स्टे सम्बन्धि तालिम दिइदै

suchana alital
Chure

डडेल्धुरा असार २६ गते । जिल्लाको आलिताल गाउंपालिका ८ डोलामा रहेको लाङ्घाली होम स्टे(घरबास)मा आउने पर्यटकहरुलाई ब्यवस्थीत सेवा दिनको लागि स्थानीयलाई होम स्टे सम्बन्धि आधारभुत तालिमको उट्घाटन भएको छ । असार २६गतेदेखि सुरु गरिएको होम स्टे पर्यटन बिकास सम्बन्धि आधारभुत तालिम असार २९ सम्म चल्नेछ ।

सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत तारा गाउं विकास समितिकोको आयोजनामा उक्त तालिम दिन लागेको तालिम संयोजक मदन गोपाल बानियाले बताउनु भयो । संयोजक बानियाँका अनुसार तालिम स्थानीय होम स्टे संचालन समितिका सदस्यहरु,सोहि गाउंका सस्कृति सम्बर्धन समितिका सदस्य लगायतका ३० जनालाई ब्यावस्थापन सम्बन्धी तालिम दिईने बताए ।

glam &
dipti
Citizan

lali

प्रशिक्षक मोहन गजुरेलले पाहुनाको स्वागत, होम् स्टेको ब्यावस्थापन देखि खानाको परिकार तयार गर्ने सम्मको विषयमा प्रशिक्षण दिईने बताए।उनका अनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्द्धन र बजारीकरण, पर्यटन प्रवर्द्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, दर्ता प्रक्रिया,पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ। त्यसैगरी सफल होम स्टेका व्यावसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र बिदाइ सत्कार, कोठा व्यवस्थापन,स्थानीय पर्यटकीय स्थल, सम्पदा र सस्कृतिसँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको उनले बताए।


तालिमको उद्‍घाटन गर्दै मगर सस्कृति सम्बर्धन समितिका संयोजक रामचन्द्र पुनमगरले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि आफुहरु लागी पर्ने बताए। घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो। आलितालमा २०७७ सालमा आफुहरुले होम स्टेको उट्घाटन गरेता पनि बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सञ्चालनमा समस्या भएको हुदा आफुहरु ओझेलमा परेको अवस्थामा तारा गाउं बिकास समितिले यस्तो कार्यक्रम आफुहरुको गाउंठाउं सम्म आईपुग्नु सह्रानिय रहेको समेत बताए ।


लाङ्घाली घरबास समितिका अध्यक्ष बिर बहादुर थापा मगरले यहाँ ५ वटा होम स्टेको लागी घर रहेको जानकारी दिदै एउटा घरमा दुई वटासम्म कोठा प्रयोग गर्न सकिने उनले बताए। करिब १ सय ५० घरधुरी रहेको डोला गाउंमा आपनै छुट्टै मगर सस्कृति,भेष भुषा र चालचलन र रहनसहन रहेको साथै नजिकै अति सुन्दर ताल रहेकोले पनि पर्यटक आउने होम स्टे सञ्चालनमा सम्भाबना रहेको बताए । पाहुनाको रुपमा आफुहरुले थुप्रै मानिसहरुलाई घरबासको व्यवस्था गरे पनि आबश्यक ज्ञानको कमि हुदा व्यवसायिक ढंगले सञ्चालन गर्न नसको बताए ।

२०७७ सालमा औपचारिक रुपमा उट्घाटन भएको यहाँको होम स्टे कोभिड(१९ का कारण सुस्ताएको थियो। कोभिड(१९ को असर कम भएसँगै यसलाई उठाउने प्रयास थालिएको समितिकी अध्यक्ष थापाले बताए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.