parwat hotel
Citizan

हिन्दुनारीहरुले मनाउदै आएको पर्व हरितालिका तिज के हो ? महिलाहरु किन बस्छन् बर्त ?

bhageswar small
alital janahit
lali

भदौ ११ : तिज मनाउँन थालेको यती नै समय भयो भनेर कुनै तथ्य प्राप्त भएको छैन । हिन्दु धर्म शास्त्र अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णु सगँ गरीदीने बचन पार्वतीलाई मन नपरी आफुले मन पराएको वर पाउँन जंगलमा गएर शिवजीको तपस्या गर्न थालीन् । तपस्या गर्दा उनले गंगाको किनारमा शिवलीङ्ग वनाई पानी पनि सेवन नगरी निरहार तपस्या गर्न थालीन् । सो तपस्याको प्रभाबले महादेवको आसन डगमगीन थाल्यो । आफ्नो आसन डगमगीएकोले किन यस्तो भयो भनी ध्यान दृष्टीबाट हेर्दा पार्वतीकमो तपस्या देखेर उनी त्यही प्रकट भए र “तिमीले चिताएको पुगोस भनी आशिर्वाद दिए पछी शिव र पार्वतीको बिबाह हुन पुग्यो । सोही दिनबाट हिन्दु नारीहरुले यस (भाद्र शुक्ल तृतीया) लाई तिजको रुपमा मनाउँन थाले ।
यसै पौराणीक कथालाई आधार मानेर अविबाहीत महिलाले योग्य वर पाउँ र विवाहीत महिलाले श्रीमान र परिवारको स्वस्थ्य लाभ होस् भनी भाद्र शुक्ल तृतीया दिन ब्रत बस्ने चलन रहीआएको छ । बर्त बस्ने अघील्लो दिन अर्थात भाद्र शुक्ल दितीयाको दिन सब परिवार र आफन्त मिली दर खाई भोलीपल्ट निरहार वर्त बस्ने चलन छ । जुन बर्त बस्दा शीवजी प्रशन्न भई पार्वतीलाई जस्तै बरदान दिन्छन् भन्ने जनविश्वास रहि आएको छ ।
नारीहरुले राता पहिरन र गहनाको साथ गाउँ, शहरमा हिड्न थाल्दछन् , माइत जानेहरुको लर्को लाग्दछ भने क्यालेन्डर पल्टाएर हेर्नुको जरुरतनै पर्दैन, त्यसबाट सहजै तिज आएको थाहाँ पाउँन सकिन्छ । खेत गोडेर पनि सकिने धान काट्ने बेला पनि नहुने जसले गर्दा कृषक महिला दिदीवहीनीहरु फुर्सदी हुने गर्दछन । बर्ष दिनमा एक पल्ट आउँने यस पर्बको आफ्नो छुट्टै महत्व रहेको छ । तीजै मनाउनको लागी भए पनि सधै जसो पाईन्ट, टिसर्ट, कुर्थासुरुवाल आदीको प्रयोग गर्ने नारीहरु पनि साडी र गहना पसलमा भीड देख्न पाईन्छ ।
तिजको महत्व दर्शाउनु पर्दा विवाह गरेर टाढा टाढा गएका छोरी, चेली, दिदी बहीनीहरु माईतीका आफन्तबाट टाढा हुँदा भोगेका दुःख सुखको स्मरण गरी धेरै पछिको भेटलाई दुःख सुखको गीतहरु मार्फत रमाउँने गर्दछन् । तर समयको परिवर्तन सँगै तिजलाई आधुनीकताले वढी नै घेरेको पाईन्छ । हिजो आज दर बर्त बस्ने अघिल्लो दिन खाने मात्र नभएर एक महिना अगाडी देखी पैसा उँठाई पाटी प्यालेसमा धाउन थालीएको छ । यसमा सकारात्मक परिवर्तनको लागी भन्दै सर्वोच्च अदालतले तिजको दर खाने कार्यक्रम पाटी प्यालेसमा नगर्नको लागी उर्दी जारी गरे पनि खासै कार्यान्वयन हुन सकिरहेको छैन ।
त्यसै गरी धेरै पछीको भेटलाई सुख र दुःखको गीत गाई रमाईलो गर्ने सामाजीक परम्परालाई लत्याई समाजमा विकृती फैलाउँने गीतहरु बजारमा आउँन थालेका छन् । जसले गर्दा तिजको मौलीक परम्परा विस्तारै लोप हुँदै जान लागेको देखीन्छ । साथै पवीत्र भएर ब्रत बस्ने अघील्लो दिन मिठो र चोखो अर्थात दर खाएर भोली पल्ट दिनभर निरहार वर्त बस्ने चलन हराएर हिन्दु धर्मले नै असुभ भनी व्याख्या गरेको मध्यपान समेत दरको परिकार बनेको देख्न पाईन्छ ।
सँस्कृति भनेको मानिसको गहना हो । तिजमा देखिएको विकृतीले तिजको महत्वनै हराउँदै जान थालेको छ । जे कुरा पनि पश्चीमी शैलीको सिको मात्र गर्दै जादाँ कुनै दिन हामी सँस्कृतिको धनी देस सँस्कृति विहीन हुने त होईन ? हामी पश्चात्य सँस्कृतीमा मात्र भुलेर कुनै दिन वेखर्ची यात्रुको जस्तो हालत हुने त होईन ? अब पनि हामी हाम्रो धर्म सँस्कृतीको संरक्षणमा ध्यान नदिने हो भने बेखर्ची यात्रुको बिलौना सापटी लिनुपर्ने दिन धेरै टाढा छैन ।
बिभिन्न सञ्चार माध्यमको सहयोगबाट तयार परिएको

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.