युएईलाई ४४ रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं : ओपनर आशिफ शेखको शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा युएईलाई ४४ रनले हराउँदै उपाधि जितेको छ। नेपाल दोस्रो पटक एकदिवसीय एसिया कपमा स्थान छनोट हुन सफल भएको छ।

३ सय १४ रनको विजय लक्ष्य पछाएको युएई ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रनमा रोकियो। ओपनर तनिश सुरी र अदीब उसमानीले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पाँचौ ओभरको अन्तिम बलमा ललित नारायण राजवंशीले ६ रन बनाएका अदिब अन्सारीलाई बोल्ड आउट गरे। लगत्तै अर्का स्पिनर तथा कप्तान सन्दीप‌ लामिछानेले अक्सदीप नाथलाई डक आउट गरे।

यसपछि करण केसीले तनीशलाई ४२ रनमा सन्दीप जोराद्वारा क्याच आउट गराए। नवौं ओभरको समाप्तीमा ५६ रनको स्थितिमा युएईले पहिलो क्रमका तीन ब्याटरलाई गुमायो।

चौथो विकेटको लागि कप्तान हर्पित भाटिया र राहुल चोप्राले ४७ रनको साझेदारी गरे। हर्पित ३३ रनमा आउट भए। उनलाई पछयाउँदै आयान खान ९ रनमा पबिलियन फर्कदा युएई अप्ठ्यारो स्थितमा पुग्यो। उसले ५ विकेटका नोक्सानीमा १ सय १९ रन बनायो।

यसपछि राहुल र सोहेब खानले छैटौं विकेटको लागि ९७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयाश गरे। यो क्रममा राहुल र सोहेब दुवैले अर्धशतक बनाए। ललित यो साझेदारी तोड्न सफल रहे। ५२ रन बनाएका सोहेब आउट भए।

यसपछि क्रिजमा टिकेका राहुललाई अन्य खेलाडीले साथ समेत दिन सकेनन्। खुजैमा विन तनवीर १५ रनमा, इबार अहमद १ रनमा र मोहम्मद मोसेन रनको खाता नखोली आउट भए।

२ सय ६० रन जोड्दा युएईले ९ विकेट गुमायो। दशौं विकेटको रूपमा हैदर अलि रन नजोडी आउट भए। राहुलले अविजित १ सय रन जोडे पनि जितको लागि प्रयाप्त भएन्।

बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ४९ रन दिएर सर्वाधिक ३ विकेट लिए। ललितले २ विकेट झारे। यस्तै सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल,गुल्सन झा र बसिर अहमदले १ , १ विकेट लिए।

Dadeldhura Hospital

मलेसियाको वयुमास ओभर स्टेडियममा त्यसअघि टस जितेर नेपालले ब्याटिङ रोज्यो। निर्धारित ५० ओभरमा नेपालले ९ विकेट गुमाउँदै ३ सय १३ रनको योगफल खडा गर्यो।

नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले टियुमा युएई विरूद्ध २ सय ८९ रन बनाएको थियो‌। साथै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा ३ सय रनमाथिको स्कोर बनाएको यो चौथो पटक हो। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो। अर्जुन कुमाल र आशिफले नेपाललाई राम्रो सुरूवात दिलाए। पहिलो विकेटको लागि २१ ओभर खेल्दै ९७ रनको साझेदारी गरे। अर्जुन ४३ रनमा रन आउट भए।

लगत्तै इशान पाण्डे १३ रनमा अदीप उसमानीको बलमा तानिस सुरीद्वारा क्याच आउट हुन पुगे। यतिखेर नेपालले १ सय २३ रन बनाएको थियो। क्रिजमा टिकेका आशिफले शतक बनाए।

उनले १ सय ३ बल खेल्दै ८ चौका र ४ छक्का सहित शतकको सफलता प्राप्त गरे। उनको यो दोस्रो एक दिवसीय शतक हो। यसअघि उनले सन् २०२३ को आइसिसी वल्ड कप लिग टुमा पपुवा न्युगिनी विरूद्ध टियु क्रिकेट मैदानमा पहिलो शतक प्रहार गरेका थिए।

आशिफले तेस्रो विकेटका लागि रोहित पौडेलसँग चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे। उनी १ सय २ रनमा हैदर अलिको बलमा आउट भए।

ब्याटिङमा आज नेपालको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। गुल्शन झाले अर्धशतक बनाए। मात्र ३८ बल खेल्दै उनले ३ चौका र ४ चौका सहित ५२ रनको योगदान दिए।

साथै गुल्शन १ हजार रन पूरा गन पनि सफल रहे। युएई विरूद्ध ३७ रन बनाएपछि १ हजार रनको आँकडा पूरा गरेका हुन्।

आजको खेल सुरू हुनु अगाडि उनको नाममा ९ सय ६३ रन रहेको थियो। उनले ५३ खेल खेल्दै ४५ इनिङ्सबाट १ हजार रन पूरा गरेका हुन्। उनी नेपालको लागि १ हजार रनको आँकडा पार गर्ने सातौं खेलाडी बने।

रोहितले ४० रन जोडे। यस्तै दीपेन्द्र सिंह ऐरी १८ रन र बसिर अहमदले नटआउट १५ रन बनाए ।‌

बलिङमा इबार अहमदले ८ ओभरमा ६२ रन दिएर सर्वाधिक ४ विकेट लिए। खुजैमा बिन तनविरले २ विकेट झारे।

२०२३ मा पनि युएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेर एसिया कपमा छनोट भएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.