चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरिएको हो ।

Dadeldhura Hospital

पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ निवासी ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा साथबाट एक थान चितुवाको छाला फेला पारेको थियो । चितुवाको छालासहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे जानकारी दिएका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.