भीमफेदी दुर्घटनाका मृतक परिवारलाई मधेश सरकारको एक लाख राहत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२७ कात्तिकः मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कात्तिक २८ गतेदेखि मधेश प्रदेशसभाको बैठक सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री यादव भोलि सदनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.