डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुदा अमरगढी-१ मा कार्यरत सचिवको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका एकजनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा पाटन नगरपालिका २ का ५८ बर्षीय खगेन्द्र पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् ।

पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक नायकले बताए ।

पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिदैछ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पन्त डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव पदमा कार्यरत कर्मचारी थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.