खुटिया नदीमा डुबेर बेपत्ता भएका १७ वर्षीय विद्यार्थी मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बझाङका एक किशोर मृत अवस्थामा फेला परेका छन्।

Dadeldhura Hospital

बझाङ घर भई धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका १७ वर्षीय दोर्ण सुवेदी शुक्रबार खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनी धनगढीस्थित सरस्वती माध्यमिक विद्यालय मनेहरामा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययनरत थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सुवेदी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीमा डुबेपछि उनका साथीहरूले तत्काल खोजी गरे पनि फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए।घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा सुवेदीलाई नदीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.