कैलालीको चुरेमा प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा ः कैलालीको चुरेमा शनिवारदेखि भलिबल प्रतियोगिता हुने भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ घरखेडा, गाउँपालिकाको कार्यालय रहेको ठाउँमा भलिबल प्रतियोगिता हुने भएको हो।
बसर युवा क्लबले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ। मङ्सिर २३ गतेदेखि प्रतियोगिता सुरु हुने छ। उक्त प्रतियोगिता मिलन युवा क्लब र चुरे गाउँपालिकाको प्रमुख सहकार्य तथा बडीकेदार निर्माण सेवाको प्रायोजक रहको आयोजकले जनाएको छ। चुरे क्षेत्रको सर्वाधिक धनराशिको सुदूरपश्चिम प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता “चुरे कप २०८०” रहेने आयोजकले बताएको छ।

प्रतियोगितामा सहभागिता जनाउने समूहहरूका लागि मङ्सिर २२ गतेसम्मका समय तोकिएको छ। एक समूहले चार हजार शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ। प्रतियोगिताको विजयी समूहले नगद ५० हजारसहित मेडल र ट्रफी पुरस्कार पाउनेछ। उप–विजेताले २० हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी र तृतीय हुनेले १० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी पाउने आयोजकले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.