सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि अर्थात् बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

Dadeldhura Hospital

सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने निर्णय भएको हो। यस विषयमा आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बस्दैछ। बैठकबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गरिने मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल सत्ता गठबन्धन दल नेकपा एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त भइसकेका छन्। सरकारलाई पूर्णता दिने क्रममा अब नेकपाबाट थप ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने तयारी छ। विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँट र बाँकी मन्त्री तथा राज्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइने छ।

विश्वासको मत र सरकार विस्तारका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मतका विषयमा छलफल भएको थियो। प्रदेश करिब एक महिनादेखि आंशिक बजेट शून्यतामा रहेकाले सरकार विस्तारपछि बजेट ल्याउने प्रक्रिया पनि छिटो अघि बढ्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.