अत्यधिक रक्तश्रावका कारण एक गर्भवती महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ : अत्यधिक रक्तश्राव भएपछि बझाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–६ सिङराल्लीकी ३५ वर्षीय गौबडीदेवी धामीको शनिवार मृत्यु भएको हो ।

Dadeldhura Hospital

जिल्ला अस्पताल बझाङमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएकी धामीमा उच्च रक्तचापको समस्या समेत रहेको थियो । रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारकी लागि आएकी धामीको त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश बलायरले बताए ।

बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्याइएकी धामीको मृत्यु भएको जनाइएको छ । सुविधा सम्पन्न अस्पतालमा लैजानका लागि हेलिकोप्टरको व्यवस्थापन गरिरहेकै बेला उनको मृत्यु भएको बताइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.