बाजुराको बडीमालिका र बुढीगंगामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने

sc mahendra

बाजुराः बाजुराको बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ।

विद्युत लाइन निर्माण कार्य भइरहेकाले आज र भोली विद्युत सेवा अवरुद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाइन निर्माण कार्य भइरहेकोले आज र भोलि दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

दुई दिन विहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.