डडेल्धुराको आलितालमा मजदुर ठगि प्रकरण:भयो यस्तो सहमति !

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा मजदुर ठगिएको विषयमा सहमति भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–७ का २० जनाभन्दा बढी मजदुर ठगिएको भन्दै प्रहरीमा उजुरी परेको थियो । आज पालिका कार्यबाहक अध्यक्ष तथा वडा न. ७ का अध्यक्ष बिर बहादुर बोहराको सहजिकरणमा मौखिक सहमति भएको पिडीत अमर धामीले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अध्यक्ष बोहराका अनुसार कम्पनीले निर्माणको जिम्मा दिएको पेटी ठेकेदार सुरेन्द्र बोहराले आउदो शुक्रबार सम्म २ लाख ८४ हजार रकम श्रमीकको भुक्तानी गर्ने  सहमति भएको बताए । पेटी ठेकेदार सुरेन्द्र बोहराले भूमिराज निर्माण सेवाले निर्माण सम्पन्न गरेको जिमदार बाबा मन्दिरमा श्रमीकहरुको ज्याला भुक्तानी गरेका थिएनन् ।

तेस्तै आलिताल–७ मा आधारभूत स्वास्थ चौकी भवन निर्माण योजनाको रकम भने कार्य सम्पन्न पश्चात भुक्तानी गरिने सहमति भएको छ । डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्सले निर्माणको जिम्मा पाए पश्चात कम्पनीबाट निर्माणको जिम्मा लिएका ठेकेदार बोहराले गत असारमा समय अभाव भएका कारण बजेट निकासा हुन नसक्दा केहि श्रमीकको ज्याला दिन नसकेको बताएका थिए ।

Dadeldhura Hospital

ठेकेदार बोहराले भनेका छन् उक्त भवनको म्याद थप गरि यस वर्ष काम सम्पन्न गर्ने र मजदुरको ज्याला पनि भुक्तानी गर्ने सहमति भएको बताए ।

हिजो (सोमबार) गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स डोटी र भूमिराज निर्माण सेवा डडेल्धुरालाई पत्र लेख्दै यथाशीघ्र श्रमिकहरूको ज्याला भुक्तानी गर्न भनेका थिए। श्रमिकहरूको ज्याला भुक्तानी नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिएका थिए।

सम्बन्धित समाचार..

मजदुरको ज्याला ठगी गरेको भन्दै प्रहरीमा उजुरी

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.