parwat hotel
Citizan

मजदुरको ज्याला ठगी गरेको भन्दै प्रहरीमा उजुरी

bhageswar small
Chure
lali

माघ ८
मजदुरको ज्याला ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । डडेल्धुरा जिल्लाको आलिताल प्रहरी कार्यालयमा आफुहरुले मजदुरी गरेको ज्याला नपाएको भन्दै उजुरी परेको हो ।
पालिकाको वडा न. ७ का दश जनाको हस्ताक्षर सहित वडा न. ७ कै ठेकेदार सुरेन्द्र बोहराको नाममा उजुरी परेको आलिताल प्रहरी प्रमुख धन सिंह धामीले बताए । धामीका अनुसार माघ ५ गते उजुरी परेको र उजुरी पश्चात आफुहरुले ठेकेदार सुरेन्द्र बोहरालाई सम्पर्कमा ल्याएको बताएका छन् ।
मजदुरले दिएको निवेदनमा वडा न. ७ मा निर्माण गरिएको मसानी मन्दिर,स्वास्थ्य भवन,भाडीखोला टतबन्ध,र गौरीशंकर माविको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी समेत लिई सक्दा पनि ठेकेदारले आफुहरुको मजदुरीको ज्याला भने नदिएको बताइएको छ ।
पालिकाको ध्यानाकर्षण:
मजदुरको ज्याला भुक्तानी नगरेको भन्दै प्रहरीमा उजुरी परेपछि आलिताल गाउंपालिकाको पनि ध्यानाकर्षण भएको छ । पालिकाले आज (सोमबार) एक पत्र जारी गर्दै दुई वटा निमार्ण कम्पनीलाई यथाशिघ्र सम्पर्कमा आई मजदुरलाई भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न चेतावनी दिएको छ । पालिकाले यथाशिघ्र मजदुरको ज्याला भुक्तानी नगरे प्रचलित कानुन बमोजिम भइजाने चेतावनी समेत दिएको छ ।
यता मसानी मन्दिर निमार्ण कम्पनीले भने सबै मजदुरलाई भुक्तानी गर्नुपर्ने रकम सुरेन्द्र बोहराको जिम्मा भएको बताएको छ । समैजी निर्माण सेवाका संचालक सुरत बोगटीका अनुसार आफनो निर्माण सेवाको नामबाट ठेक्का भएता पनि निर्माणको सम्पूर्ण जिम्मेवारी सुरेन्द्र बोहराले नै लिएको बताए । बोगटीले भने मजदुरको ज्याला दिनु पर्ने रकमको सम्बन्ध आफुसंग नभएको स्पष्ट पारेका छन् । यता बोहराले भने केहि हिसाब कम्पनीसंग भएकोले भुक्तानीमा समस्या भएको बताएका छन् । उनले वडा न. ७ को स्वास्थ्य भवनको काम आफुले ठेकेदार कम्पनीबाट निर्माणको जिम्मा लिएता पनि गत असारमा समय अभाव भएका कारण बजेट निकासा हुन नसक्दा केहि श्रमीकको ज्याला दिन नसकेको बताएका छन् । बोहराले भनेका छन् उक्त भवनको म्याद थप गरि यस वर्ष काम सम्पन्न गर्ने र मजदुरको ज्याला पनि भुक्तानी गर्ने बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.