प्रधानमन्त्री कप क्रिकेटःगण्डकीलाई पराजित गर्दै प्रहरी क्लब फाइनलमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रहरी क्लबले गण्डकीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । गण्डकीले दिएको १७१ रनको लक्ष्य प्रहरी क्लबले २४.२ ओभरमा सहजै पूरा गरेको छ।

प्रहरी क्लबका लागि दिलीप नाथले अर्द्धशतक प्रहार गरे। उनले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै, अर्जुन साउदले ४०, आरिफ शेखले २५, कुशल भुर्तेलले २२ र शंकर रानाले १२ रन बनाए। गण्डकीका लागि सन्दीप पराजुलीले दुई, विपिन खत्री र कमल परियारले एक(एक विकेट लिए।

Dadeldhura Hospital

यसअघि ब्याटिङ गरेको गण्डकीले ३८.३ ओभरमा १७० रन बनाएको थियो। गण्डकीका लागि अमृत गुरुङले ५०, करण पंगेनी र कमल परियारले ३०।३० तथा समीर कँडेलले २९ रन बनाए।

प्रहरीका लागि रसिद खानले पाँच विकेट लिए। उनले ६ ओभरमा २५ रन खर्चिए। त्यस्तै, ललित राजवंशी र करण केसीले दुई(दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

यो जितसँगै प्रहरी क्लब १४ अंक जोडेर फाइनलमा पुगेको छ। गण्डकी भने यसअघि नै फाइनलको दौडबाट बाहिरिइसकेको थियो।

अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। अब दोस्रो टोलीका लागि बागमती, मधेश, त्रिभुवन आर्मी, सुदूरपश्चिम र एपीएफ प्रतिस्पर्धामा छन्।

दोस्रो र तेस्रो स्थानमा रहेका बागमती र मधेशको समान १२ अंक छ। दुवै टोलीले सबै खेल खेलिसकेका छन्। त्यस्तै, चौथो स्थानमा रहेको आर्मीको १०, पाँचौं र छैटौं स्थानमा रहेको सुदूरपश्चिम र एपीएफको आठ–आठ अंक छ।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञघढडढट

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.