कैलालीमा प्रतिबन्धित जंगली जनावरको मासु बरामद

sc mahendra

धनगढीः कैलालीमा प्रतिबन्धित जंगली जनावरको मासु बरामद गरिएको छ । सरकारले प्रतिबन्धित गरेको जंगली बदेल र चित्तलको जस्तो देखिने मासु बरामद गरिएको हो।

धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतवार बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु फेला पारेको हो।

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको प्रवक्ता चन्दले बताए। बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.