
धनगढी। चर्चित मोडल अनु खड्काको अभिनय रहेको झल्का तिलहरी बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चौतारी म्युजिकको युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको म्युजिक भिडियोमा खड्कालाई जनक सर्गमले अभिनयमा साथ दिएका छन्।

हेमराज जोशी र मनिषा सुनारको स्वरमा रहेको उक्त गितमा हेमराज जोशीको लय र शब्दमा रहेको छ। रमेश बिजुली बिसीले भिडियोको निर्देशन गरेका छन्। म्युजिक भिडियो सार्वजनिक भए सँगै दर्शकको लामो समयदेखि प्रतीक्षा गरिरहेको म्युजिक भिडियो सार्वजनिक हुँदा खुसी लागेको बताइन्। गीतको भिडियो हेरेर प्रतिक्रिया दिन मोडल खड्काले आग्रह गरेकी छिन्। मोडल खड्का स्टाफ नर्स समेत हुन्। हाल खड्का धनगढीमा रहेको निसर्ग हस्पिटलमा कार्यरत छिन् । उनले अभिनय गरेका तीन दर्जन म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।

म्युजिक भिडियो….



