रमेश बहादुर सिंह बझाङ
घरेलु तथा साना उद्योग कार्यालय बझाङले जिल्लाका विभिन्न ठाँउमा ब्यबसायी गर्दै आएका उद्योगको अनुगमन गरेको छ। घरेलु कार्यालय बझाङबाट उद्योगिलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङ द्वारा चालू आर्थिक वर्ष २०८०÷०८१ को एक निर्वाचन क्षेत्र एक उद्योग प्रबर्द्धन कार्यक्रम अनुसार प्रदेश निर्वाचन क्षेत्र (ख) को लागि बटुलसेरि फर्निचर उद्योग बुङल नगरपालिका ६ ,नबदुर्गा ग्रिल उद्योग वित्थडचिर गाउँपालिका ४ र खुशी ग्रिल उद्योग दुर्गाथली गाउँपालिका २ का उद्योगिलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका व्यवसायीले अनुदानबाट प्राविधि खरिद गरि संचालन गरे वा नगरेको बारे स्थलगत अनुगमन गरिएको हो।

लामो समयदेखि स्थानीय स्तरको कच्चापदार्थको प्रयोग गरि काठमा मेसिनबाट बुट्टा भरिएका झ्यालढोका निर्माण गर्ने फर्निचर उद्योगलाई ५ लाख बराबरको अत्याधुनिक मेसिन खरिदका लागि अनुदान उपलब्ध गराउने भएको छ।
त्यस्तै ग्रिल उद्योगमा राम्रो आम्दानी गरिरहेका युवालाई थप यन्त्र उपकरण अनुदान प्रदान गर्दै स्वदेशमै रोजगारि सिर्जना गर्न प्रोत्साहन गरेको पाइएको छ।
हिजो एक कार्यक्रमका विच अनुगमनमा गएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बोहरा ,जिल्ला समन्वय प्रमुख नर बहादुर बोहर र वरिष्ठ उध्यम बिकास सहजकर्ता दशरथ जप्रेलले उद्योगले प्रबिधिको सहिसदुपयोग गरेनगरेको बारे स्थलगत अनुगमन गरेको थियो।
प्रविधि सहयोग कार्यक्रम अन्तर्गत ५ लाख बराबरको औद्योगिक उपकरण अनुदान पाएका बित्थडचिर गाउँपालिका ४ को नबदुर्गा ग्रिल उद्योगका संचालक रोगडो कामीले भन्नुभयो ” पुर्खाले लामो समय गाउँमा हलिया गर्दै खानेगुजारा चलायो र सानो आरन राखेर आसि ,बन्चरो ,फाउडि बनाउदै जेनतेन घरखर्च चलाउनुभयो । अहिले मैले त्यो गाउँघरको आरन बाट पाएको ज्ञान सीप ग्रिल उद्योगमा लगाए , र ब्यबसाय राम्रो फष्टाएको छ ।अनि सरकारबाट पाएको प्रबिधि अनुदानले उद्योग संचालनमा सहयोग पुगेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङले आफ्नो उद्योगको आवश्यकता अनुसार मेशिनरी औजार, जेनेरेटर ,वल्डिङ्ग मेसिन आदि प्रविधि उपलब्ध गराउदा आफुले ३ जना स्थानीय युवाहरूलाई रोजगारी समेत दिएको बताए । उहाँले हर्सित हुँदै भन्नुभयो “गाउँको सानो आरन ब्यवसायबाट नुनतेल किन्न समेत पैसा पुग्दैन थियो ,दिनभर फलामसंग जुध्नुपर्थ्यो तर अहिले नयाँ प्रबिधिसंगै ग्रिल उद्योग संचालन पछि २ छोराछोरी धनगढी पढाउदै आएको र आम्दानी समेत राम्रो हुँदै गएको बताए ।
