कञ्चनपुरमा काँग्रेसका नगर सभापति कलौनी मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी: कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।

Dadeldhura Hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा सो जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिए। मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ।अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन। उनको हत्या भएको आशंकासमेत गरिएकोले प्रहरीले सो ढङ्गले पनि अनुसन्धान थालेको छ। तथापि विस्तृत विवरण आउन बाकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.