धनगढीमा १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी, आरोपीको खोजी जारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ। बाजुराको खप्तडछेडेदह गाउँपालिका घर भएकी ती किशोरी धनगढीमा अध्ययन गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार बिहीवार साँझ स्कुलबाट घर फर्किंदै गर्दा १८ वर्षीय किशोरले उनलाई सडकमा रोक्दै चक्कु देखाएर डराएपछि आफ्नो घरमा लगेर जबरजस्तीकरणी गरेका थिए। आरोपी घटना पछि फरार भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पीडित किशोरीले शनिवार मात्र घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले किटानी जाहेरी प्राप्त भइसकेको र आरोपीको खोजी तीव्र पारिएको जानकारी दिए।

डीएसपी बोहराका अनुसार किशोरीलाई चक्कु देखाएर धम्की दिँदै डर, त्रासमा पारेर घटना घटाइएको थियो। पीडित किशोरी हाल धनगढीमा कक्षा ७ मा अध्ययनरत छिन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नलाई कानूनी कारबाही गर्नका लागि स्थानीयवासी र सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.