तनहुँ: तनहुँमा बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्षले सचिव कटुपिट गरेको घटना बाहिर आएको छ । तनहुको बन्दीपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले नवीन भुसाललाई कुटपिट गरेको आरोप लागेको हो । कुटपिटको घटना पछि वडा अध्यक्ष पक्राउ परेका छन्।
सोमबार बिहान वडाध्यक्ष गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए।
वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले कुटपिट गरेको आरोप छ। गाउँपालिकाले वडासचिवमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ। सोही पत्रका आधारमा वडाध्यक्षलाई पक्राउ गरेको एसपी शाहीले बताए। घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको बताएको छ ।
‘
