
बैतडी– बैतडीका एक युवक पक्राउ परेका छन् ।
बाढी विपत्तिमा खुशी व्यक्त गर्दै विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गरेको यआरोपमा पक्राउ परेका हुन् ।

भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेपछि बैतडीको सुर्नया गाउँपालिका–७ का २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन् ।

हाल उनी काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्दै आएका छन् ।
भोटेकोशीमा २०८३ भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री बनाएर फेसबुक रिल्समार्फत प्रसारण गरेको सम्बन्धमा साइबर ब्यूरोले अनुसन्धान गरेको थियो।
ब्यूरोका अनुसार प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट उक्त सामग्री मडैले बनाएको खुलेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई भदौ २० गते पक्राउ गरेको हो।
मडैविरुद्ध विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।



