
डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले पत्रकारका निजी सवारीसाधनमा ‘प्रेस’ लेख्न नपाइने निर्णय गरेको छ।
महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहको अध्यक्षतामा आज(सोमबार) बसेको बैठकले अनावश्यक रूपमा ‘प्रेस’ लेख्ने चलनलाई रोक्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष सिंहका अनुसार पछिल्लो समय जो-कोहीले सवारीसाधनमा ‘प्रेस’ लेखेर आफूलाई पत्रकारको रूपमा परिचय दिँदै पत्रकारिताको मर्यादामा आँच आउने कार्य गरिरहेको गुनासो आएका कारण यस्तो निर्णय गरिएको बताए।


बैठकले मिडिया हाउसकै नाममा दर्ता भएका सवारीसाधन बाहेक अन्य कुनै पनि गाडी वा मोटरसाइकलमा ‘प्रेस’ लेख्न नपाइने जनाएको छ। साथै, यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउने निर्णय पनि महासंघले गरेको छ।
महासंघले वास्तविक पत्रकारिताको मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको दुरुपयोग रोक्न यो कदम चालेको बताएको छ। यस निर्णयपछि जिल्लामा कार्यरत पत्रकारहरूले महासंघको निर्देशनअनुसार आफूले प्रयोग गर्ने निजी सवारीसाधनमा ‘प्रेस’ लेख्न पाउने छैनन्।
डडेल्धुरामा क्यालेण्डरकाे विज्ञापन भुक्तानी रोक्न पत्रकार महासंघको आग्रह



