डडेल्धुरा बार अध्यक्षमा तुलाराम बोहरा निर्विरोध निर्वाचित

sc mahendra

डडेल्धुरा, वैशाख २६ – नेपाल बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा अधिवक्ता तुलाराम बोहरा निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न बारको १०औं जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। अन्य पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा गोविन्दराज जोशी, सचिवमा सुरेश थापा र कोषाध्यक्षमा आरती जोशी निर्विरोध निर्वाचित भएका हुन्।

डडेल्धुरा बारका निवर्तमान सचिव ओमप्रकाश साउदका अनुसार सदस्यहरूमा मोहन पाठक, बिष्णु भट्ट, रोहित देउवा, हरी भट्ट, पुष्पराज जोशी र स्वयं ओमप्रकाश साउद चयन भएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.