डडेल्धुराको अजयमेरुमा हुने भनिएको महोत्सव स्थगित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : अजयमेरु गाउँपालिका–२ चमडामा आयोजना गर्न लागिएको ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ स्थगित भएको छ।

आयोजक वडा कार्यालयले यहीँ भदौ १८ देखि २१ गतेसम्म हुने भनिएको महोत्सव प्रतिकूल मौसमका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टका अनुसार डडेल्धुरामा तीन दिनयता लगातार वर्षा भइरहेकोले महोत्सव समयमै सम्पन्न गर्न असम्भव बनेको हो। “मौसममा सुधार आएपछि महोत्सवको नयाँ मिति सार्वजनिक गरिनेछ,”उनले बताए।

ऐतिहासिक पर्यटकीय स्थल अजयमेरु कोटलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थियो। महोत्सवमा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता समेत हुने कार्यक्रम तय गरिएको थियो।

वडा कार्यालयले जारी गरेको सूचना–

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.