काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। निर्णय मध्यरातमै सार्वजनिक भएको हो।
प्रधानमन्त्री कार्कीले पदभार सम्हालेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएका छन्।
जेन–जी आन्दोलनको चर्को दबाबपछि प्रधानमन्त्री बनेकी कार्कीले राजनीतिक स्थायित्व र नयाँ जनादेश अपरिहार्य भएको ठहर गर्दै संसद् विघटनको निर्णय लिएकी हुन्।
यससँगै अब मुलुक फागुन २१ गते हुने निर्वाचनतर्फ अघि बढ्ने पक्का भएको छ।

