गौरीफन्टा नाका नजिक बेहोस भेटिएका देउवाको मृ*त्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी — गौरीफन्टा नाका नजिक भारतीय जंगलमा बेहोस अवस्थामा भेटिएका नेपाली युवाको मृत्यु भएको छ। शनिबार बिहान भेटिएका लम्कीचुहा नगरपालिका–६ का ३५ वर्षीय भीमबहादुर देउवाको उपचारका क्रममा मृत्यु भएको हो।

Dadeldhura Hospital

स्थानीयले देउवालाई बेहोस अवस्थामा फेला पारी भारतीय सुरक्षाकर्मीलाई खबर गरेका थिए। तर, नेपाली पक्षको प्रहरीद्वारा उद्धार जिम्मेवारी नलिएपछि करिब दुई घण्टासम्म उनी त्यहीँ अड्किएका थिए। पछि भारतीय भन्सारमा कार्यरत नेपालीको सहयोगमा उनलाई नेपाली सीमासम्म ल्याएर सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अस्पताल पुगेपछि चिकित्सकले देउवालाई मृत घोषणा गरेका छन्। सीमाक्षेत्रमा उद्धार समन्वय अभावका कारण दुई घण्टासम्म उपचार नपाएकै कारण ज्यान गएको हो भन्ने स्थानीयको आरोप छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.