आलितालमा आँखा उपचार केन्द्र स्थापना, अब गाउँमै आँखा उपचार सेवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, असोज २९, डडेल्धुराको आलिताल गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। आलिताल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहकार्यमा स्थापना गरिएको यस केन्द्रबाट अब स्थानीय नागरिकले आफ्नै गाउँमै आँखा उपचार सेवा पाउने भएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार केन्द्रमा आँखा परीक्षण, मोतीबिन्दु पहिचान, औषधि वितरण, चस्मा वितरण तथा आवश्यक परे बिरामीलाई रेफर गर्ने सुविधा उपलब्ध हुनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

स्वास्थ्य समितिका अध्यक्ष तथा वडा नं. ८ का अध्यक्ष धन बहादुर देउवाले नागरिकलाई सहुलियत हुने गरी सेवा सञ्चालन गरिएको बताए। उनले भने, “पहिले उपचारका लागि धनगढी वा डडेल्धुरा धाउनुपर्ने बाध्यता थियो, अब सामान्य आँखा उपचार गाउँमै हुनेछ।”

 

Dadeldhura Hospital

उद्घाटन समारोहका प्रमुख अतिथि तथा धनगढी नेत्रालयका अध्यक्ष  गजेन्द्र बहादुर चन्दले फाउन्डेसनको स्थापना गाउँघरमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गरिएको बताए।
उनका अनुसार फाउन्डेसनले हालसम्म देशभर २६ वटा उपचार केन्द्र स्थापना गरिसकेको छ। आलिताल आँखा उपचार केन्द्रका लागि आवश्यक उपकरण, औषधि र चस्मा गरी करिब १० लाख रुपैयाँ बराबरको सहयोग फाउन्डेसनले प्रदान गरेको उनले जानकारी दिए।
साथै, केन्द्रले रेफर गरेका बिरामीलाई धनगढीस्थित कैलाली नेत्रालयमा निःशुल्क उपचार गरिने व्यवस्था गरिएको पनि उनले बताए।

आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले मानव जीवनमा दृष्टि अत्यन्तै महत्वपूर्ण भएकाले आँखा उपचार केन्द्र अपरिहार्य रूपमा स्थापना गर्न आवश्यक भएको बताए। उनले केन्द्रको स्थापना केही ढिलाइ भए पनि अब यसको माध्यमबाट गाउँमै स्थायी आँखा सेवा सुरु भएको बताए।
उनका अनुसार एक वर्षअघि च्यारिटी हेल्थ फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको आँखा शिविरमा सहभागी नागरिकको तथ्यांकका आधारमा यो केन्द्र स्थापना गर्न जरुरी देखिएको हो।

अध्यक्ष पार्कीले उपचार केन्द्रलाई न्युनतम सेवा मुखी र प्रभावकारी बनाउन गाउँपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए। उनले विद्यालयका विद्यार्थीहरूको पनि नियमित आँखा स्क्यानिङ गरिने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

स्थानीयवासीहरूले गाउँमै आँखा उपचार केन्द्र स्थापना भएकोमा खुशी व्यक्त गर्दै, यसले स्वास्थ्य सेवा पहुँचमा नयाँ अध्याय सुरु गरेको प्रतिक्रिया दिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.