डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी विजयी

sc mahendra

डडेल्धुरा : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

जोशी ७ हजार १० मत अन्तरले विजयी भए। उनले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरे।

नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले)का उम्मेदवार चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरे।

डडेल्धुरामा शेरबहादुर देउवा निर्वाचित हुँदै आएका थिए। यसपटकको निर्वाचनमा देउवा चुनाव नलडेपछि कांग्रेसले महरलाई टिकट दिएको थियो।

कांग्रेसको ३४ वर्षे विरासत तोडेर उदाएका जोशीको यात्रा– शिक्षकदेखि सांसदसम्म

You might also like
Leave A Reply

Your email address will not be published.