कोशीमा हर्क साम्पाङको उदय, प्रचण्डको पार्टी कमजोर

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं । ठूला कम्युनिस्ट नेताहरू मिलेर बनाइएको नेपाली कम्युनिस्ट पार्टीलाई कोशी प्रदेशमा नयाँ दल श्रम संस्कृति पार्टीले उछिनेको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पहलमा विभिन्न दल समेटेर बनाइएको उक्त पार्टी प्रतिनिधि सभा निर्वाचनमा प्रभाव जमाउन असफल देखिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

धरानका पूर्वमेयर हर्क साम्पाङको नेतृत्वमा शून्यबाट बनेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा प्रत्यक्षतर्फ ३ सिट (सुनसरी–१, भोजपुर र खोटाङ) जित्दा नेपाली कम्युनिस्ट पार्टीले एक सिट पनि जित्न सकेन।

समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टीले २ लाख ७९ हजार ६९९ मत पाएर चौथो दल बन्दा नेपाली कम्युनिस्ट पार्टी ९४ हजार ३२० मतसहित पाँचौँ स्थानमा सीमित भएको छ।

कोशी प्रदेशमा भने राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो दल बनेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.