चार दिनदेखि बेपत्ता अछामकि अमृता जङ्गलमा मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछामः अछाममा चार दिनदेखि बेपत्ता भएकी एक युवती जङ्गलमा मृत अवस्थामा फेला परेकी छन्।

Dadeldhura Hospital

जिल्लाको मंगलसेन नगरपालिका–१३ बुडाबाँडाकी जितु साउँदकी अन्दाजी १७/१८ वर्षीया छोरी अमृता साउँद जेठ ५ गतेदेखि बेपत्ता रहेकी थिइन्। उनी शुक्रबार घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेठ ५ गते साँझ करिब ५ बजे “दाउरा लिन जान्छु” भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालले बताएका छन्। घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डडेल्धुरामा महिलालाई मासुको अचार बनाउने सात दिने तालिम सुरु

बाजुराबाट एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.