किसान सहकारीसहकारीद्वारा शोकाकुल परिवारलाई ७ लाख सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आलिताल शाखाले सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा अन्तर्गत एक सदस्य परिवारलाई रु ७ लाख १० हजार ३५६ (सात लाख दस हजार तीन सय छपन्न रुपैयाँ) बराबरको राहत रकम हस्तान्तरण गरेको छ।

आलिताल गाउँपालिका–७ भाडीस्थित केन्द्र नं. ०२४०३७९३ की सदस्य कलावती देवी बोहराका श्रीमान स्वर्गीय भीमबहादुर बोहराको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आयोजित श्रद्धाञ्जली सभामा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

सहकारीले सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा अन्तर्गत प्रदान गरेको राहतले शोकाकुल परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा स्वर्गीय बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

कार्यक्रमको अध्यक्षता किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुपरिवेक्षण विभाग प्रमुख प्रकाशकुमार जीसीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा आलिताल गाउँपालिका–७ का वडाध्यक्ष वीरबहादुर बोहरा सहभागी हुनुभएको थियो।

त्यसैगरी किसान बहुउद्देश्यीय सहकारी संस्थाका तालिम विभाग प्रमुख नारायण चौधरी, आलिताल शाखा प्रमुख सुरजकला शाही, सहकारीका सेयर सदस्य, स्थानीयवासी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम श्रद्धाञ्जली अर्पण तथा चेक हस्तान्तरणसँगै सम्पन्न भएको थियो।

सदस्यको दुःखको घडीमा आर्थिक सहारा प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सञ्चालन गरिएको सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा सहकारीको प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा रहेको संस्थाले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.