
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले आज मुख्यमन्त्रीसहित तीन मन्त्री सहभागी गराउने तयारीमा छ। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो।
एमाले संसदीय दलले डोटीका चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालय र संसदीय दलका उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय गरेको छ।


त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय भएको छ।
एमालेले जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णयसमेत गरेको छ।
एमालेको निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको हो। आज मुख्यमन्त्रीसहित एमालेका मन्त्रीहरूले शपथ लिने तयारी गरिएको छ



