स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

८ भदौ, :  स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९डीएसपी० रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार चालकसहित १० जना घाइते छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिपमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी अवस्थीले जानकारी दिए । विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.